काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ भने चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो।
यता चाँदीको मूल्य भने आज पनि बढेको छ। चाँदी तोलामा ४० रुपैयाँले वृद्धि हुँदै ५ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ थियो।
पछिल्ला केही दिनयता चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ भने सुनको मूल्यमा उतारचढाव देखिएको छ।