धादिङ । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखिएको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङ ले जनाएको छ ।
घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
हाल राष्ट्रिय ट्रमा सेन्टरमा १९ जना र टिचिङ अस्पताल महाराजगञ्जमा नौजनाको उपचार भइरहेको छ । अन्य घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।