आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता बिहीबार संसद्मा पेश हुँदै

४ हप्ता अगाडि
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता बिहीबार संसद्मा पेश हुँदै

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार संसद्मा पेश गरिने जानकारी दिएका छन् ।

अर्थ समितिमा बोल्दै उनले सांसदहरूले दिने सुझावलाई बजेट निर्माणमा समावेश गरिने बताए । सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रबीच धेरै विषय मिल्दोजुल्दो रहेको उनको भनाइ थियो ।

बजेट मागका लागि सांसदहरूको दबाब बढिरहेको उल्लेख गर्दै उनले बजेट सिलिङ पहिले नै तय भइसकेकाले अहिले सीमित आर्थिक ‘स्पेस’ मात्र बाँकी रहेको बताए ।

आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । कानुनी व्यवस्थाअनुसार बजेट सार्वजनिक हुनुभन्दा १५ दिनअघि सिद्धान्त तथा प्राथमिकता संसद्मा पेश गर्नुपर्ने हुन्छ ।