मनसुनजन्य विपद्बाट २० लाख नागरिक प्रभावित हुन सक्ने अनुमान

४ हप्ता अगाडि
मनसुनजन्य विपद्बाट २० लाख नागरिक प्रभावित हुन सक्ने अनुमान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट झण्डै २० लाख जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ ।

प्राधिकरणका अनुसार ४ लाख ५७ हजारभन्दा बढी घरधुरी प्रभावित हुन सक्छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरेको छ ।

तापक्रम वृद्धि कारण हिमताल विस्फोट, बाढी, पहिरो, डुबान तथा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । तराई क्षेत्रमा तातो हावाको असरसमेत पर्ने सम्भावना रहेको छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ भने त्यसपछि बागमती, गण्डकी र कोशी प्रदेश जोखिममा रहने बताइएको छ ।