काठमाडौं । फिफा विश्वकप २०२६ का लागि साविक विजेता अर्जेन्टिनाले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
उत्तर अमेरिकाका तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुने प्रतियोगिताका लागि सार्वजनिक गरिएको टोलीमा ६ गोलकिपर, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ फरवार्ड समावेश छन् ।
लियोनल मेसी टोलीमा रहेका छन् भने पाब्लो डिबला प्रारम्भिक सूचीमा अटाएका छैनन् ।