काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट निर्माणमा अन्तिम समयसम्म सुझाव लिन सकिने बताएका छन् ।
जेठ १५ सम्म सांसद, विज्ञ र सरोकारवालाबाट आएका सुझाव समेट्ने प्रयास गरिने उनले बताए । बजेट निर्माणको समयसीमा कडा भए पनि अधिकतम समावेशी बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
वाचापत्र र नीति कार्यक्रममा आधारित कार्यान्वयनमुखी बजेट ल्याइने प्रतिबद्धता उनले दोहोर्याएका छन् ।