सुनको मूल्य ओरालो लाग्दा चाँदी फेरि महँगियो

३ हप्ता अगाडि
सुनको मूल्य ओरालो लाग्दा चाँदी फेरि महँगियो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ भने निरन्तर उकालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य एकैपटक ४ हजार ४ सय रुपैयाँले बढेको थियो।

यसअघि आइतबार र सोमबार भने सुनको मूल्य लगातार घटेको थियो। सोमबार तोलामा ४ सय रुपैयाँ र आइतबार १ हजार रुपैयाँले सुन सस्तिएको थियो।

चाँदीको मूल्य भने लगातार बढ्ने क्रममै छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँले महँगिएर ५ हजार ७१० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार मात्रै चाँदीको मूल्य ३१० रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको थियो।