काठमाडौं । पछिल्लो समय शेयर बजारमा सूचीकृत हुने कम्पनीको संख्या तीव्र रुपमा बढिरहेको छ । यससंगै शेयर बजार पनि क्षेत्र पनि विस्तार हुँदै गइरहेको छ ।
यसैक्रममा नेपाल धितोपत्र बोर्ड(सेबोन)मा हाल १९ कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि आवेदन दिएका र बिक्री खुला गर्नका लागि स्वीकृति कुरिरहेका छन् । सेबोनको तथ्याङ्क अनुसार दुई कम्पनीले बोर्ड स्वीकृति पाएर आईपीओ बिक्रीको गर्ने मिति तय गरिसकेका छन् ।
बोर्डमा आवेदन दिइसकेका १९ वटा कम्पनी मध्ये दुई इन्स्योरेन्स कम्पनीहरु रहेका छन् । आईएमई लाईफ इन्स्योरेन्स र रिलायबल लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि आवेदन दिएका हुन् ।
रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न लागेको छ भने आइएमई लाईफले प्रतिकित्ता सय रुपियाँको दरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने जनाएको छ । आईपीओ निष्कासनको तयारीमा चार लघुवित्त वित्तीय संस्था छन् ।
जाल्पा लघुवित्त वित्तीय संस्था, नेष्को समृद्ध , राष्ट्रउत्थान, उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । आईपीओ बिक्री गर्नको लागि ११ विद्युत कम्पनी आवेदन दिएका छन । डिस मिडिया प्रालीले पनि आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । यस्तै, इर्मेजिङ नेपालले पनि आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
तयारी पूरा गरेका कम्पनीः
बुद्धभूमि नेपाल हाइड्रोपावरले आज सोमबार (असोज ११ गते)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपियाँ बराबरको आर्इपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।
यस्तै, आईपीओको निष्कासन तयारी पूरा गरेको अर्को कम्पनी न्यादी हाइड्रोपावर कम्पनी हो । यस कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपियाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कुन कम्पनीको आईपीओ कति ?
| Pipline Status |
|
|
| Compny Name |
Share |
Price Rs. |
| Sayapatri hydro |
900,000 |
90,000,000 |
| Upper solu Hydro |
3,307,500 |
330,750,000 |
| Upper hewakhola hydro |
2,000,000 |
200,000,000 |
| Emerging nepal |
555,600 |
55,560,000 |
| Jalpa samudayk lagubitta |
522,000 |
52,200,000 |
| Rastra utthan laghubitta |
850,000 |
85,000,000 |
| Molung hydro |
3,531,000 |
353,100,000 |
| Reliable life insurance |
6,000,000 |
1,272,000,000 |
| Upakar laghubitta |
266,250 |
26,625,000 |
| River falls power |
3,430,000 |
26,625,000 |
| Three Star hydro |
1,231,250 |
123,125,000 |
| Rapti hydro and general controctutions |
2,941,410 |
294,141,000 |
| Dish Media network |
2,385,929 |
238,592,900 |
| Ime life insurance |
6,000,000 |
600,000,000 |
| Dordi khola jalbidhyut |
2,951,929 |
295,192,900 |
| Bindhyabasini hydropower |
2,500,000 |
250,000,000 |
| Balephi hydro |
3,655,940 |
365,594,000 |
| Green venture power |
6,250,000 |
625,000,000 |
| Nesdo Sambridha laghubitta |
828,750 |
82,875,000 |
| Approved Status |
|
|
| Nyadi Hydropower |
2,250,000 |
220,000,000 |
| Buddha bhumi nepal |
800,000 |
80,000,000 |
| Total |
53,157,558 |
59,822,755,800 |