सुन र चाँदीको मूल्य फेरि बढ्यो

३ हप्ता अगाडि
सुन र चाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढी हो ।

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ५ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।