काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरियतामा चौथो स्थानमै कायम रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको नयाँ वरियतामा उनको २४५ रेटिङ अंक रहेको छ ।
सूचीको शीर्ष स्थानमा सिकन्दर रजा रहेका छन् भने हार्दिक पाण्ड्या दोस्रो र साइम अयुब तेस्रो स्थानमा छन् । एकदिवसीय अलराउन्डर वरियतामा भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा पुगेका छन् ।