अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

३ हप्ता अगाडि
अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्ना जग्गा र भौतिक संरचना संरक्षण गर्न निर्देशन दिएको छ । मन्त्रालयले वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल लगायत संस्थालाई परिपत्र पठाउँदै अतिक्रमित जग्गाको विवरण संकलन गर्न भनेको हो ।

मन्त्रालयले सीमाना यकिन गर्न, अनधिकृत संरचना हटाउन र आवश्यक परे जिल्ला प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न निर्देशन दिएको छ । पुनः अतिक्रमण रोक्न घेराबार र अभिलेख अद्यावधिक गर्न पनि भनिएको छ ।