मेयरबाट राजीनामा दिंदै बालेन, झापाबाट चुनावी प्रचारमा जुट्ने

३ महिना अगाडि
मेयरबाट राजीनामा दिंदै बालेन, झापाबाट चुनावी प्रचारमा जुट्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पदबाट राजीनामा दिएर चुनावी प्रचारमा जुट्नेभएका छन् । उनले आइबार साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै चुनावी प्रचारमा जुट्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, शुभकामना सबैलाई हामी आउँदै छौं । रास्वपाका वरिष्ठ नेता शाहले आफ्नो चुनावी प्रचार झापाबाट सुरु गर्न लागेको उनको सचिवालयले

जानकारी दिएको छ । फागुन २१ गतेको चुनावका लागि माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसैको तयारीका लागि शाह लागिपरेका छन् । उनले माघ ३/४ गते राजीनामा दिने तयारी गरेको बुझिएको छ । उनी कुन क्षेत्रबाट उठ्ने टुंगो लागिसकेको छैन तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा ५ बाट उठ्नसक्नेबारे शाहको टिमले अध्ययन गरिरहेको बुझिएको छ ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय गरिसकेको छ। झापा ५ बाट उठ्न उनलाई रास्वपाका नेताहरूले दबाब दिएका छन्। आइतबार रास्वपा झापाका अध्यक्षसहित टोलीसँगको भेटमा पनि बालेनलाई झापा ५ बाटै चुनाव लड्न आग्रह गरिएको छ।