बाढी–पहिरोको जोखिमले बीपी राजमार्ग फेरि बन्द

३ हप्ता अगाडि
बाढी–पहिरोको जोखिमले बीपी राजमार्ग फेरि बन्द

काभ्रे । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक अर्थात् बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी आवागमन रोकिएको जनाएको छ।

यस्तै, पहिरो खस्ने जोखिम बढेपछि हिल्सा–सिमकोट सडक पनि बन्द गरिएको छ।

देशका अन्य केही सडकखण्डमा भने आंशिक रूपमा यातायात सञ्चालन भइरहेको छ। बाढी र पहिरोका कारण भोजपुरस्थित मध्यपहाडी राजमार्ग तथा म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।