राष्ट्रियसभाको बैठक माघ ४ गते

३ महिना अगाडि
राष्ट्रियसभाको बैठक माघ ४ गते

काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ ४ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र  पौडेलले बैठक बोलाएका हुन् ।  

सोमवार बसको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आइतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृत दिएको छ ।