काठमाडौं । रास्वपासँगको एकता भंग गरेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग कार्यगत एकता गरेको छ । उनेपाले राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा २० जना नेताहरू नाम समावेश गराएको छ ।
जेन–जी आन्दोलनमा घाइते भएका युवा राजेश पोर्तेल यो परिवर्तन पार्टीका अध्यक्ष हुन् । पोर्तेलले अधिकांश जेन–जी युवाहरूलाई नै समावेश गरेर पार्टी दर्ता गरेका थिए ।
पार्टीले समानुपातिक उम्मेदवारहरुको बन्दसूची पनि बुझाइसकेको छ । उक्त सूचीमा रहेका नामहरु फिर्ता लिएर उज्यालो नेपालका तर्फबाट नाम समावेश गरिएको हो । उज्यालो नेपालका संस्थापक अध्यक्ष रहेका अनुपकुमार उपाध्याय खस आर्यतर्फ पहिलो स्थानमा छन् ।