सुकुम्बासीको प्रदर्शन : वैकल्पिक व्यवस्था बिना डोजर चलाएको आरोप

३ हप्ता अगाडि
सुकुम्बासीको प्रदर्शन : वैकल्पिक व्यवस्था बिना डोजर चलाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा घरटहरा भत्काइएको विरोधमा भूमिहीन सुकुम्बासीहरूले बुटवलमा प्रदर्शन सुरु गरेका छन् ।

संघर्ष समितिका अनुसार वैकल्पिक आवास वा पुनर्वासको व्यवस्था नगरी गरिएको डोजर अभियानले लाखौँ नागरिक प्रभावित भएका छन् । समितिले देशभर १२ लाखभन्दा बढी परिवार समस्यामा परेको दाबी गरेको छ ।

सुकुम्बासी अगुवाहरूले सरकारले भूमि सम्बन्धी ऐन कार्यान्वयन नगरेको र पुनर्वास योजनाबिना बलपूर्वक हटाउने काम गरेको आरोप लगाएका छन् ।

संघर्ष समितिले जेठ ४ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । विभिन्न राजनीतिक दलले आन्दोलनप्रति समर्थन जनाए पनि सरकारले समस्या समाधानमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।