१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

३ हप्ता अगाडि
१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार ७२८ परियोजनामार्फत लगानी प्रस्ताव प्राप्त भएको हो । कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

पर्यटन, सेवा, उत्पादन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा पनि उल्लेख्य लगानी प्रस्ताव आएको छ । वैशाख महिनामा मात्रै ११३ परियोजनाका लागि ३ अर्ब ५२ करोड रुपैयाँ प्रतिबद्धता आएको जनाइएको छ ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने नीति लिइरहेका बेला वैदेशिक लगानी बढ्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ ।