सुनमा पुनः सुधार, चाँदीको मूल्य भने ओरालो

३ हप्ता अगाडि
सुनमा पुनः सुधार, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । लगातार दुई दिन ठूलो गिरावट आएको नेपाली बजारमा सुनको मूल्य सोमबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको थियो भने आइतबार पनि ४ हजार ५ सय रुपैयाँले कमी आएको थियो। आइतबार सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले सस्तिँदै ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।