काठमाडौंको टुँडिखेलमा दुुईदिन माघी पर्व मनाइने

३ महिना अगाडि
काठमाडौंको टुँडिखेलमा दुुईदिन माघी पर्व मनाइने

काठमाडौं । माघ १ गते थारु लगायत विभिन्न जातजातीले माघी पर्व मनाउँछन् । थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने मूल आयोजक समितिले जनाएको छ । महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएका छन् ।