आजको राशिफल

३ हप्ता अगाडि
आजको राशिफल

मेष राशि

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी हुन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ।
भाग्यशाली रङ: हरियो
भाग्यशाली अङ्क: ९
सम्पूर्ण भाग्याङ्क: ४८%
उपाय: भगवान्‌ शंकरजीको दर्शन गर्ने, कालो रङको प्रयोग नगर्ने।

वृष राशि

चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ: खैरो
भाग्यशाली अङ्क: ४
सम्पूर्ण भाग्याङ्क: ६४%
उपाय: घरबाट निस्कँदा गुड खाने, लामो यात्रा नगर्ने।

मिथुन राशि

प्रेमीको साथ र सहयोग पाइनेछ। राजनीतिक तथा आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तसँग भेटघाट हुने सम्भावना छ।
भाग्यशाली रङ: निलो
भाग्यशाली अङ्क: ७
सम्पूर्ण भाग्याङ्क: ६२%
उपाय: घरबाट निस्कँदा दही खाने, झुट नबोल्ने।

कर्कट राशि

नयाँ पद प्राप्त हुन सक्छ। वैदेशिक यात्राको योग रहेको छ। नजिकका व्यक्तिको सहयोगबाट काम सम्पन्न हुनेछ।
भाग्यशाली रङ: रातो
भाग्यशाली अङ्क: ५
सम्पूर्ण भाग्याङ्क: ७३%
उपाय: पितृ देवताको आशीर्वाद लिने, सजिलै अरूको विश्वास नगर्ने।

सिंह राशि

ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। व्यक्तिगत खुसीका लागि खर्च बढ्न सक्छ। मध्य दिनपछि शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ: रातो
भाग्यशाली अङ्क: २
सम्पूर्ण भाग्याङ्क: ४७%
उपाय: भोकालाई भोजन दिने, अरूको विश्वास सजिलै नगर्ने।

कन्या राशि

विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापार र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक वृद्धि हुने संकेत छ।
भाग्यशाली रङ: सेतो
भाग्यशाली अङ्क: ४
सम्पूर्ण भाग्याङ्क: ६९%
उपाय: वृक्षरोपण गर्ने, उत्तर दिशा नजाने।

तुला राशि

कला र गलाको प्रभाव बढ्नेछ। पारिवारिक सुख तथा यात्राको अवसर प्राप्त हुनेछ। शुभचिन्तकको साथ मिल्नेछ।
भाग्यशाली रङ: गुलाबी
भाग्यशाली अङ्क: ८
सम्पूर्ण भाग्याङ्क: ७०%
उपाय: रोगीलाई सहयोग गर्ने, तामसिक भोजन नगर्ने।

वृश्चिक राशि

चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइनेछ। नजिकका व्यक्तिको सहयोगले काम सफल हुनेछ।
भाग्यशाली रङ: हरियो
भाग्यशाली अङ्क: ७
सम्पूर्ण भाग्याङ्क: ६१%
उपाय: विष्णु भगवान्‌लाई स्मरण गर्ने, आकासे रङ प्रयोग नगर्ने।

धनु राशि

नयाँ योजना कार्यान्वयनमा कठिनाइ आउन सक्छ। सेयर बजारमा लगानी गर्दा सावधानी अपनाउनु उचित हुनेछ।
भाग्यशाली रङ: पहेँलो
भाग्यशाली अङ्क: ८
सम्पूर्ण भाग्याङ्क: ४५%
उपाय: प्यासीलाई पानी दिने, छलकपट नगर्ने।

मकर राशि

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। वाहन लाभको योग छ। व्यापारबाट औसत लाभ हुनेछ, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।
भाग्यशाली रङ: पर्पल
भाग्यशाली अङ्क: ६
सम्पूर्ण भाग्याङ्क: ७९%
उपाय: हनुमानजीको दर्शन गर्ने, छलकपट नगर्ने।

कुम्भ राशि

स्थान परिवर्तनको योग देखिन्छ। जोस र हिम्मत बढ्नेछ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ।
भाग्यशाली रङ: सेतो
भाग्यशाली अङ्क: ८
सम्पूर्ण भाग्याङ्क: ६६%
उपाय: निमुखा प्राणीलाई खानेकुरा दिने, खैरो रङ प्रयोग नगर्ने।

मीन राशि

रोकिएको काम पूरा हुनेछ। प्रेम र दाम्पत्य सम्बन्ध अझ मजबुत बन्नेछ। लाभदायक यात्राको योग रहेको छ।
भाग्यशाली रङ: खैरो
भाग्यशाली अङ्क: २
सम्पूर्ण भाग्याङ्क: ६७%
उपाय: विद्यार्थीलाई सहयोग गर्ने, लामो यात्रा नगर्ने।