सुन र चाँदी दुवैको मूल्यमा वृद्धि

३ हप्ता अगाडि
सुन र चाँदी दुवैको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ५ सय रुपैयाँले बढी हो।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन्।