सेयर बजार परिसूचक घट्यो

३ महिना अगाडि
सेयर बजार परिसूचक घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६ सय ३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घटेको छ ।