काठमाडौं । लगातार दुई दिन उकालो लागेको सुनको मूल्य आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो भने मंगलबार थप ५ सय रुपैयाँले वृद्धि भएको थियो। मंगलबार प्रतितोला सुन २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि, गत शुक्रबार र आइतबार मात्रै सुनको मूल्य दुई दिनमा कुल ८५ सय रुपैयाँले घटेको थियो।
चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ५ हजार ८५ रुपैयाँ थियो।