काठमाडौं । नेपाली कांग्रेस फुटको संघारमा रहँदा दुबैपक्षबीच तारन्तार वार्ता भएको छ । मंगलबार विहानदेखि लगातार वार्ता भएको हो । काठमाडौंको वालुवाटारमा संस्थापन र विशेष महाधिवेशन पक्षबीच छलफल भएको छ ।
विहानको वार्तामा विशेष पक्षधरले चार एजेण्डा राखेपछि सभापति शेरबहादुर देउवासँग छलफल गरेर संस्थापन पक्ष विशेष पक्षसँग पुनः संवादमा जुटेको हो । विशेष पक्षले नेतृत्व परिवर्तन, नीति परिमार्जन, विधान संशोधन र राष्ट्रिय राजनीतिमा पार्टीको दृष्टिकोणसहितका चार एजेण्डा राखेका थिए । त्यसमा सहमतिका लागि संस्थापन पक्षका नेताहरु सभापति देउवासँग छलफल गरेर वार्तामा बसेका हुन् ।
यता, महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाइसकेका छन् भने संस्थापनले केन्द्रीय समितिको बैठक राखेको छ । दुबै पक्ष आ–आफ्नै तयारीमा जुटिरहँदा संवादलाई निरन्तरता दिइएको छ ।