काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढ्दै ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन् ।