प्रेस काउन्सिल र गोरखापत्रसहितका पदमा खुला आवेदन

२ हप्ता अगाडि
प्रेस काउन्सिल र गोरखापत्रसहितका पदमा खुला आवेदन

काठमाडौं । सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था तथा गोरखापत्र संस्थानका प्रमुख पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।

मन्त्रालयका अनुसार प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि जेठ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।