काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहने प्रक्षेपण गरेको छ ।
कार्यालयका अनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत रहने अनुमान गरिएको छ । गण्डकी प्रदेश दोस्रो स्थानमा रहनेछ भने मधेश प्रदेशको वृद्धिदर सबैभन्दा कम १ दशमलव ३१ प्रतिशत रहने अनुमान छ ।
राष्ट्रिय आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । कार्यालयका अनुसार नेपालको कुल अर्थतन्त्र करिब ६१ खर्ब रुपैयाँ पुग्नेछ ।