काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार दोहोरो अंकले घटेको छ ।
नेप्से १२ दशमलव ३६ अंकले घटेर २ हजार ७४२ दशमलव ११ विन्दुमा कायम भएको हो ।
कारोबार सुरु भएको १५ मिनेटमै बजार २ हजार ७६३ अंकसम्म पुगे पनि अन्तिम समयमा ओरालो लागेको थियो ।
आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहेका छन् ।
बुंगल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव २६ प्रतिशत कमाएका छन् भने अपर लोहोरेखोला जलविद्युत्का लगानीकर्ताले सबैभन्दा धेरै १४ दशमलव ९५ प्रतिशत गुमाएका छन् ।
आज कुल ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।