काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा विशेष पूजा प्रयोजनका लागि ४० किलो चन्दन अर्पण गरेका छन् ।
भारतबाट पठाइएको उक्त चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो । यसको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप रानाले गरेका थिए ।
हरेक वर्ष भारतबाट पशुपतिनाथ मन्दिरमा विशेष प्रकारको चन्दन अर्पण गर्ने परम्परा रहेको छ । गत वर्ष गोवाका एक मन्त्रीले ३५ किलो चन्दन अर्पण गरेका थिए ।
मूल अर्चकले बुझेको चन्दन गुठी संस्थान पशुपति गोश्वारा कार्यालयलाई भण्डारणका लागि हस्तान्तरण गरिएको छ ।