काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यद्यपि सुनको मूल्य अझै उच्च विन्दुमै रहेको छ। यता चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक तनावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।