काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराउँदै दुई खेलको श्रृंखला २-० ले आफ्नो पक्षमा पारेको छ।
मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ८३ रनको लक्ष्य नेपालले २४ बल बाँकी रहँदा पूरा गरेको थियो। नेपालका ब्याटरहरूले संयमित खेल प्रदर्शन गर्दै सहज जित निकाले।
यसअघि पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको थियो। लगातारको जितसँगै नेपाली महिला टोलीको आत्मविश्वास बढेको छ भने अन्तर्राष्ट्रिय क्रिकेटमा टोलीको प्रदर्शनप्रति सकारात्मक सन्देश गएको छ।