विपद्का घटना : जलवायु संकटको गहिरिँदो असर

२ हप्ता अगाडि
विपद्का घटना : जलवायु संकटको गहिरिँदो असर

काठमाडौं । पछिल्लो ४० दिनमा मात्रै ७० जनाको मृत्यु हुनु र एक हजारभन्दा बढी विपद्का घटना हुनु नेपाल अत्यन्तै जोखिमपूर्ण चरणमा प्रवेश गरिरहेको संकेत हो।

चट्याङ, आगलागी, पहिरो, हुरी, सर्पदंशदेखि लेक लाग्ने घटनासम्मले नेपालको भूगोल र जलवायु दुवै चुनौतीपूर्ण बन्दै गएको देखिन्छ। पाँचथरमा बाढी–पहिरोले घर, पुल, सडक र जलविद्युत् आयोजनामा पुर्‍याएको क्षति केवल स्थानीय समस्या होइन, विकास मोडेलमाथिको प्रश्न पनि हो।

पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणीय अध्ययन कमजोर हुनु, नदी किनार र जोखिमयुक्त भूभागमा संरचना निर्माण हुनु तथा विपद् पूर्वतयारी प्रभावकारी नहुनु अहिलेको मुख्य चुनौती हो।

नेपालमा अझै पनि विपद् व्यवस्थापन “घटना भएपछि राहत” मा केन्द्रित छ। तर अब “जोखिम न्यूनीकरण” र “पूर्वतयारी” मा आधारित मोडेल आवश्यक भइसकेको छ। स्थानीय सरकारको क्षमता, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती व्यवस्थापन र समुदायस्तरीय तयारी अझै कमजोर देखिन्छ।