काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार अधिकांश तरकारीको मूल्य अघिल्लो दिनकै हाराहारीमा रहेको छ भने केही तरकारीमा सामान्य घटबढ देखिएको छ।
आज ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ, नेपाली गोलभेँडा ६५ रुपैयाँ र सानो स्थानीय गोलभेँडा २३ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ३२ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र स्थानीय गाँजर ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
त्यस्तै स्थानीय बन्दा ३५ रुपैयाँ, काउली ३७ रुपैयाँ, लाम्चो भन्टा ३६ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।
तने बोडी ४३ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, करेला ४० रुपैयाँ, लौका ४५ रुपैयाँ र घिरौँला ३६ रुपैयाँ प्रतिकिलो पुगेको छ।
च्याउतर्फ कन्य च्याउ २३५ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ र कुरिलो ३२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो २८७ रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २१० रुपैयाँ, कागती २४० रुपैयाँ र दसहरी आँप २६० रुपैयाँ प्रतिकिलो पुगेको छ।
समितिका अनुसार हरियो खुर्सानी, लसुन, अदुवा र धनियाको मूल्य पनि स्थिर रहेको छ।