सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो

२ हप्ता अगाडि
सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।