साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

२ हप्ता अगाडि
साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

समूह "ए" अन्तर्गतको खेल भारतको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ।

नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता टोली हो भने भुटान हालसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन।

नेपालले साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध अहिलेसम्म हार बेहोरेको छैन। दुई टोलीबीच भएका पाँच खेलमध्ये नेपालले चार खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ।

पछिल्लो भेट २०२४ मा गोलरहित बराबरीमा टुंगिएको थियो।