धनराज गुरुङकी पत्नीलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

२ हप्ता अगाडि
धनराज गुरुङकी पत्नीलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारी रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश दिएको छ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पत्नी ज्योतीमाथि सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

गोरखापत्रमा प्रकाशित सूचनामार्फत अदालतले प्रमाणसहित प्रतिउत्तर पेश गर्न निर्देशन दिएको हो।

अदालतले उपस्थित नभई म्याद गुजारे कानुनअनुसार फैसला हुने तथा पछि उजुर गर्न नपाइने पनि जनाएको छ। सहकारीका सचिव बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए।