ऋणपत्रमार्फत राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ संकलन गर्ने

३ महिना अगाडि
ऋणपत्रमार्फत राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–झ’मार्फत २५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने निर्णय गरेको छ । यसअन्तर्गत राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन र बजारमा तरलता सन्तुलनमा राख्नको लागि ऋणपत्र जारी गर्दै पूँजी बजारबाट ठूलो संख्यामा पैसा झिक्ने काम अघि बढाएको हो । 

यसअघि राष्ट्र बैंकले यस्तै प्रकारका विभिन्न ऋणपत्रमार्फत कुल १ खर्बभन्दा बढी रकम संकलन गरिसकेको छ । ऋणपत्रमार्फत पैसा संकलन गर्दा बजारमा तरलता घट्ने हुँदा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह र ब्याजदरमा के कस्तो प्रभाव पर्नेछ भन्ने विषयमा व्यवसायी र विश्लेषकहरूले भने विभिन्न प्रतिक्रिया दिएका छन् ।