काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य तोकेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य निर्धारण गरिएको बताए।