दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

२ हप्ता अगाडि
दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रसाईंविरुद्ध साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको पर्सा प्रहरीले जनाएको छ।

उनको बयान सोमबार नसकिएकाले मंगलबार पुनः अदालत उपस्थित गराइने भएको छ। अदालतले हाललाई उनलाई हिरासतमै राख्न आदेश दिएको छ।

प्रहरीले प्रसाईंलाई जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, विभिन्न जातजाति तथा समुदायबीच द्वेष फैलाउने गतिविधि गरेको आरोप लागेको छ।