काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघमा आफ्नो प्रतिनिधिका रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ। उनी क्यानका प्रवक्तासमेत रहेका थिए।
परिषद्को संघ संस्था समन्वय शाखाले जारी गरेको पत्रअनुसार जेठ ११ गतेको निर्णयबमोजिम लामालाई प्रतिनिधि सदस्यको जिम्मेवारीबाट हटाइएको हो। परिषद्ले २०८० चैत २९ गते उनलाई क्यानको पदेन सदस्यका रूपमा मनोनयन गरेको थियो।
नेपाल क्रिकेट संघको स्वीकृत विधानअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको उल्लेख भए पनि फिर्ता बोलाउनुको स्पष्ट कारण भने खुलाइएको छैन। निर्णयबारे शिक्षा मन्त्रालय, खेलकुद विकास विभाग र क्यानलाई समेत जानकारी गराइएको छ।