आज केही जिल्लामा तीव्र हुरीको सम्भावना

२ हप्ता अगाडि
आज केही जिल्लामा तीव्र हुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लामा तीव्र वेगको हुरी चल्न सक्ने चेतावनी जारी गरेको छ।

विभागका अनुसार कोशी प्रदेशका झापा र मोरङसहित आसपासका क्षेत्रमा दिउँसोपछि तीव्र हुरी चल्ने सम्भावना रहेको छ।

त्यस्तै मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषा, बागमतीका मकवानपुर र चितवन, गण्डकीका नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशको रुपन्देही आसपासका जिल्लामा पनि हावाहुरीको जोखिम रहेको जनाइएको छ।

मौसमविद्ले सम्भावित हुरीबाट सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।