काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको विवरण सार्वजनिक गरेको जनाएको छ।
कार्यालयले ऋण तिरिसकेका तर सूचीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरेको छ। बाँकी ऋणीलाई तत्काल ऋण चुक्ता गर्न निर्देशन दिँदै अन्यथा कानुनअनुसार असुलउपर प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।