काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका तीन वटा वडामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वडा नम्बर २, ३ र ४ मा संक्रमण देखिएपछि प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, अण्डा तथा दानालगायत सामग्री नष्ट गर्ने काम भइरहेको छ।
नगरपालिकाले बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने जोखिम भएकाले पन्छी फार्ममा अनावश्यक आवतजावत रोक्न, नियमित निसंक्रमण गर्न तथा मरेका पन्छी सुरक्षित रूपमा व्यवस्थापन गर्न निर्देशन दिएको छ।
उपभोक्तालाई मासु तथा पन्छीजन्य सामग्री राम्ररी पकाएर मात्र सेवन गर्न पनि आग्रह गरिएको छ।