सुनको भाउ घट्यो, चाँदी महँगियो

१ हप्ता अगाडि
सुनको भाउ घट्यो, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य परिवर्तन भएको व्यवसायीहरूले बताएका छन्।