वाणिज्य बैंकहरूको व्यापारः निक्षेपभन्दा कर्जा विस्तार तीन गुणा बढी

४ बर्ष अगाडि
वाणिज्य बैंकहरूको व्यापारः निक्षेपभन्दा कर्जा विस्तार तीन गुणा बढी

काठमाडौं । वाणिज्य बैैंकरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भइरहेको बेला बैंकहरूले भने निक्षेपभन्दा कर्जा नै बढाएर बसेका छन् । असोज पहिलो साताको तथ्यांका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन भदौ मसान्तको तुलनामा नौ अर्ब रुपियाँले मात्रै बढेको छ ।

यो समयमा बैंकहरूको कर्जा प्रवाह भने ३१ अर्ब रुपियाँले बढेको देखिएको छ । वाणिज्य बैंकहरूको यस्तो तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा लगानी तीन गुणा भन्दा बढी पुगेको छ ।

भदौ मसान्तमा वाणिज्य बैंकहरूले ४१ खर्ब ७१ अर्ब रुपियाँ निक्षेप संकलन गरेकोमा असोज पहिलो साता भने यस्तो निक्षेप संकलन ४१ खर्ब ८० अर्ब रुपियाँ पुगेको छ । यो अवधिमा बैंकहरूको कर्जा लगानी भने ३८ खर्ब ७२ अर्ब रुपयाँबाट ३९ खर्ब तीन अर्ब पुगेको पनि नेपाल बैंकर्स संघले उपलब्ध गराएको ८ असोज सम्मको तथ्यांकले देखाएको छ ।

वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्ष लागेपछि घटेको निक्षेप भने अझै पूर्ति हुन सकेको छैन् । वाणिज्य बैंकहरूमा असार मसान्तमा ४२ खर्ब एक अर्ब रुपियाँ रहेको निक्षेप असोज ८ सम्ममा आइपुग्दा ४१ अर्ब ८० अर्ब रुपियाँ पुगेको छ  ।

असार मसान्तमा बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपियाँ थियो । यस्तो कर्जा लगानी साउन मसान्तमा ३७खर्ब ६४ अर्ब र भदौ मसान्तमा ३८ खर्ब ७२ अर्ब पुगेको पनि तथ्यांकले देखाएको छ ।

चालू आव लागेपछिको बैंकहरूले संकलन गरेको निक्षेप तथा प्रवाह गरेको कर्जा विवरण