विवादकै बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन

१ हप्ता अगाडि
विवादकै बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन

कैलाली । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल प्रदेश सरकार र स्थानीय तहबीचको विवादकै बीच उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्पताल उद्घाटन गरेका हुन्।

१५ शय्याको अस्पताल सञ्चालन तथा कर्मचारी व्यवस्थापनलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच लामो समयदेखि विवाद चलिरहेको थियो। प्रदेश सरकारले खटाएका कर्मचारीलाई नगरपालिकाले अस्पताल औपचारिक रूपमा हस्तान्तरण नभएको भन्दै हाजिर हुन नदिएपछि विवाद चर्किएको थियो।

गत वैशाखमा अस्पतालमा तालाबन्दीसमेत भएपछि क्षेत्र तनावग्रस्त बनेको थियो। उद्घाटनका क्रममा सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीयले भने मुख्यमन्त्री र नगरप्रमुखबीचको राजनीतिक तथा प्रशासनिक द्वन्द्वका कारण समस्या सिर्जना भएको बताएका छन्।