सुनचाँदीको मूल्य घट्यो, बजारमा कारोबार सुस्त

१ हप्ता अगाडि
सुनचाँदीको मूल्य घट्यो, बजारमा कारोबार सुस्त

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २ सय १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

पछिल्ला दिनमा सुनको मूल्य निरन्तर उकालो लागेपछि उपभोक्ता र व्यवसायी दुवै प्रभावित बनेका थिए। मूल्य घटेपछि बजारमा केही चहलपहल बढ्ने अपेक्षा गरिएको छ।