एकै दिन सुनमा ठूलो उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

१ हप्ता अगाडि
एकै दिन सुनमा ठूलो उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा असाधारण वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकै दिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य उच्च दरले बढेको व्यवसायीहरू बताउँछन्।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले महँगिएर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ कायम थियो।