काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने सपना अधुरै बनेको छ।
मलेसियामा भएको एसियन गेम्स छनोटअन्तर्गत तेस्रो स्थानको निर्णायक खेलमा नेपाल चीनसँग डीएलएस पद्धतिअनुसार ५ विकेटले पराजित भएको हो। यो जितसँगै चीनले एसियन गेम्समा स्थान सुरक्षित गरेको छ।
वर्षाका कारण खेल ७ ओभरमा सीमित गरिएको थियो। नेपालले ५ विकेट गुमाएर ५० रन बनाएको थियो। डीएलएस पद्धतिअनुसार चीनले ४३ रनको लक्ष्य पाएको थियो, जुन उसले अन्तिम बलमा पूरा गर्यो।
नेपालका लागि कविता कुँवरले २२ रन बनाइन् भने कप्तान इन्दु बर्माले ११ रनको योगदान दिइन्। बलिङतर्फ रिया शर्माले दुई विकेट लिएकी थिइन्।