पुरुष क्रिकेटमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

१ हप्ता अगाडि
पुरुष क्रिकेटमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

काठमाडौं । एसियाली खेलकुद छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले चीनमाथि शानदार जित हासिल गरेको छ।

सिंगापुरमा सम्पन्न खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा चीन ९२ रनमै समेटियो।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक १२९ रनको शतकीय इनिङ्स खेले। उनले ४३ बलमा १६ छक्का र ५ चौका प्रहार गरेका थिए। कुशल मल्ल ९५ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले ६९ रन बनाए।

बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

यो जितसँगै नेपालले प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ भने कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।